प्रकाश पाठकका ३ मुक्तक

प्रकाश पाठक

१.
भाडाले नै घरखर्च चल्छ भनि कहाँ सजिलो छ र
नदेखिने अनेकौं समस्या छ नि कहाँ सजिलो छ र

भाडामा बस्नेहरुले यो भएन त्यो भएन भन्छन्
अरे !  घरबेटी बन्न  पनि कहाँ  सजिलो छ र ? 

२.
बिना भट्टीको ओखती सुत्नै मान्दिन
सोचिएन होला यो गति सुत्नै मान्दिन

प्रेममा हुँदा आफ्नै हातले खुब पिलाइयो
आज सराब नपिई श्रीमती सुत्नै मान्दिन ।

३.
पुतली बन्न कति संघर्ष गर्छ झुसिल्किरा पनि
अचम्म लाग्छ होला पुतलीले सम्झिदा पनि

भोको पेटमै पनि केहि गर्न सक्नु बल्ल उपलब्धि हो
नत्र दिनहुँ भोकै छन् सडकमा बालबालिका पनि  ।

शिवराज – २ गौरिहवा, कपिलवस्तु