विश्व नर्स दिवसको अवसरमा बुलबुलका ३ मुक्तक

गुरुप्रसाद कुमाल ‘बुलबुल’

१.
नर्सिङ पेशालाई फेसनले बेरेकाे छ ।
स्वास्थ्य क्षेत्रलाई व्यापारीले घेरेकाे छ ।

मानव सेवाभन्दा प्रचारमा व्यस्त छन्
नि:शुल्क स्वास्थ्य भन्नेले खै के हेरेको छ ।

२.
मानव सेवा उनको पेशा हाे तर उनी शृङ्गारमा व्यस्त छिन् ।
बिरामीले टाउको दुखाए रे ‘सर’ उनी शृङ्गारमा व्यस्त छिन् ।

अस्पताल त उनको दिन बिताउने थलो हाे, सिनेमा हल हाे
सधैं हतार गर्छिन् जानलाई घर उनी शृङ्गारमा व्यस्त छिन् ।

३.
जादु पनि हैन, छुमन्तर हैन धैर्य गर्नुपर्छ ।
एक खुराकमा ठ्याक्कै हुदैन धैर्य गर्नुपर्छ ।

धैर्य गर्नुपर्छ अनि मनमा शान्ति राख्नुपर्छ
यीभन्दा गुणकारी अाैषधी छैन धैर्य गर्नुपर्छ ।

दाङ देउखुरी