दलित : इसाईकाे गिफ्ट या अपमान गर्ने शब्द

भुवन सेन्चुरी
अहिले आफुलाई हिन्दुवादी भन्ने केही युवा पुस्ताको बुझाईमा दलित शब्द अपमानित छ । घृणित छ । यो हटाउनु पर्छ भन्नेमा लागेको देखिन्छ ।
यसरी सरसर्ती हेर्दा ठिकै गरेकी भन्ने लाग्नु पनि स्वभाविक नै हो किनकी हामीलाई दलित भनेर नै अर्को जातिसँग बिहे गर्न खोज्दा मारिएको छ । चुलो छोएको आरोपमा मारिएको छ । हत्या भएको छ । हेपिएको छ । घाइते बनाइएको छ । त्यो सत्य हो तर त्यो शब्द दलित भएकै कारणले पक्कै होइन। यो विषयलाई गहन रुपमा बुझ्न जरुरी छ ।
दलित शब्दको शाब्दिक अर्थ ठ्याक्कै थाहा छैन तर दलित भनेको दबिएको, पिसिइएको, हेपिएको भन्ने बुझाँउछ । त्यसरी पुरानो शब्दकोशमा भएका शब्दहरुलाई नकारात्मक अर्थ दिनु उचित होइन । बरु त्यो शब्दको सुरुवात र सिर्जना कसरी भएको हो । त्यहाँ ध्यान जान जरुरी छ ।
यो कुनै धर्मले वा कुनै राजनितिक पार्टीले राखेको नाम होइन । नत कुनै सामन्तीले नै दिएको शब्द हो । यो शब्द त आन्दोलनबाट निर्माण भएको शब्द हो । २०२४ सालदेखि दलित भित्रका धेरै जातिहरु मिलेर गरिएको आन्दोलनले सबैलाई समेट्नका लागि राखिएको नाम हो । र सबैलाई एकै ठाउँमा ल्याएर संगठित पार्ने हतियार हो । अझै भन्ने हो भने २०४७ को आन्दोलनपछि पनि बाहुनवाद चरित्र बोकेका पार्टीहरुले दलित शब्द संविधानमा उल्लेख गर्न नमानेको अवस्था हो किन कि जसरी कामी भनेर, दमाई भनेर, सार्की ,गाइन र बादी भनेर जसरी शोसण गरिरहेका थिए । त्यो भन्न वा शोषण गर्न मिल्दैन भनेर बाहुनबादीहरुले संविधानमा राख्न मानेका थिएनन् किन कि यहि शब्दले यिनीहरुलाई संगठित पार्छ भन्ने डर थियो तर दलित अगुवाहरुले आफ्नो माग दह्रो किसिमले राखेपछि संविधानमा यो शब्द उल्लेख गरेको पाइन्छ ।
आज आफुलाई विद्वान सावित गर्नका लागि शब्दका पछाडि परेको एउटा जमात देखिएको छ तर त्यो राम्रो होइन दलित शब्द हटाएर ठूलो युद्ध जित्नु होइन बरु दलित शब्द हटाएर आन्दोलनलाई तुहाउनु हो वा शब्द हटाएर आन्दोलनलाई सिद्ध्याउनु नै हो ।
ल ठिक छ मेरो भनाई पचेन तपाईलाई मैले नै तपाईको कुरालाई समर्थन गरें मान्नुस तर शब्द परिबर्तन गरेर के राक्नुहुन्छ ? सिल्पकार , सिल्पी वा नेपाली के राख्नु हुन्छ ? जुनै राखे पनि केही हुने वाला छैन । किनकी शब्दले कुनै अर्थ राख्दैन किनकी धेरै उदाहरणहरु छन् जो नेपालमा पनि सुरुवात भयो र भारतमा पनि शब्द जति शुद्ध राख्छु भन्दा पनि त्यसैले अन्त्यमा दलित नै हो भन्ने संकेत गर्ने गर्छ ।
तपाईलाई एउटा उदाहरण दिन्छु नेपालमा बस्ने नेपालीहरुका लागि नेपाली भन्दा उच्च जाति कुन होला
आफै सोच्नुस् तर यहि समाजले के नेपाली लेख्दैमा जातीय विभेद हटेको छ ? भारतमा सरसफाईको काम गर्ने समुदायलाई हरिजन लेखेर के मुक्ती भयो ? सायद यो भन्दा अर्को प्रमाण पेश गर्नु पर्दैन होला ।
अनि तपाईको जिद्दी सिल्पकार हौँ हामी भन्ने पनि देख्छु त्यो सरासर गलत छ । किन कि त्यसैले सबै दलितलाई समेट्न सकिने छैन र जनजातिमा पर्ने कुनै जाति पनि सिल्पकार भित्र पर्छ । र सिल्पकार शब्दले भ्रम शृजना गर्छ किन कि दलितभित्र त थरिथरी पेशा भएका छन् ।
एकथरी प्राविधिक र वैज्ञानिक छन् जो तामा खानी फलाम खानीको पहिचान गरि र त्यहाँ भएको धातुलाई निकालेर त्यसलाई खारेर प्रशोधन गर्ने महान वैज्ञानिकहरुलाई सिल्पि भनेर सम्बोधन गर्नु अपमान गरे सरह नै हो ।
एकथरी छन् सिल्पकार जो डोको डाला बनाउने, मादल बनाउने , सुनचाँदीमा बुट्टा हान्ने घर सजाउने जस्ता अन्य काम गर्ने सिल्पीकार हुन् । तर एउटा थरी छ जुत्ता बनाउने, कपडा सिलाउने समुदाय जो कुनै प्रविधिको काम गर्छन् । त्यो प्रविधि हो उहाँहरु प्राविधिक हो सिल्पकार होइन । अर्को थरी छ सरसफाईको काम गर्ने उहाँ हरु त सरसफाई अभियन्ता हो । सिल्पकार कसरी मान्ने ? अर्को थरी मधेसी दलितहरु जस्तै मुसहर जाति, कटिक ,पथिक, चिडिमार जस्ता जातिहरु छन् जो बङ्गुर पाल्ने, चराहरु मार्ने अनि जाँतो बनाउने सिलौटा बनाउने उनीहरुको पुर्ख्यौली पेशा हो । उनीहरुलाई छुवाछुत गरिन्छ । विभेद गरिन्छ अनि उनीहरुलाई कसरी समेट्ने ? यस्ता धेरै कुराहरुलाई नै समेट्ने किसिमले राखिएको शब्द नै हो, दलित शब्द ।
त्यसैले महाशयहरु हामी यतिबेला शब्दमा अड्किनु भन्दा पनि सोचलाई परिवर्तन गरौँ ! शब्द दोषी छैन न त कुनै अपमान नै गर्ने शब्द हो । शब्दलाई बुझ्ने सोच गलत छ त्यसलाई सुधार्ने कोसिस गरौ । र, एउटा स्वतन्त्र अभियानको शुरुवात गरौँ जसले सम्पुर्ण दलितहरुलाई जोड्न सकियोस् । त्यसैमा भलाई छ ।
हामिले दलित शब्द लेख्नु कुनै इसाईले लेख्दिएको होइन योकुरा बुझ्न जरुरी छ ।