मजदुरको हकहितका लागि मिनबहादुर राना एक्लै अान्दोलनमा उत्रिए

बुटवल । ६ साउन
काेराेना भाइरस (काेभिड -१९ ) का कारण देशभरका शिक्षण संस्था बन्द छन् । निजी तथा संस्थागत विद्यालयहरुले शिक्षकले नपढाएकाे अवस्थामा तलब दिएको छैन । शिक्षकहरुकाे घरमा चुलो बन्द भएको छ । यस्तो अवस्थामा शिक्षकहरुकाे संगठनले अाफ्नाे हकहितका लागि अावाज उठाउनुपर्ने हाे तर प्याब्सन तथा एन प्याब्सन माैन बसेकाे छ भने सम्पूर्ण शिक्षकहरुकाे हकहितका लागि अावाज उठाउदै एक्लो व्यक्ति अान्दोलनमा उत्रेका छन् ।
बुटवलस्थित न्यु हाेराइजन शैक्षिक संस्थामा कार्यरत शिक्षक मिनबहादुर राना एक्लै अान्दोलनमा उत्रेका हुन् । पुष्पलाल चाेकमा एक्लै माइक लिएर सम्पूर्ण मजदुरका निम्ति अान्दोलनमा उत्रेका हुन् । “हजारौं लाखौं शिक्षकहरुकाे छाक बसेको अवस्थामा समेत शिक्षकहरुकाे हकहितका लागि लड्छु भन्नु भएका मजदुर युनियनका पदाधिकारीहरू प्याब्सन तथा एन प्याब्सनका मालिकको चाकडीमा व्यस्त छन् । यस्तो अवस्थामा म सचेत नागरिकको नाताले बाेलेन भने मलाई युगले धिक्कार्ने छ । मेरा छाेराछाेरीले साेध्दा नाजवाफ हुन नपराेस् ।” भन्दै सम्पूर्ण मजदुरको निम्ति अावाज उठाउन उपस्थित भएको रानाले बताए ।
अाफ्नाे हकअधिकारका लागि सम्पूर्ण संगठित तथा असंगठित मजदुरहरुलाई अान्दोलनमा सहभागी हुन रानाले अाग्रह गरेका छन् ।