भाषा साहित्यकाे समृद्धिका लागि संस्थागत रुपमै लाग्न सुझाव

बुटवल । ४ साउन
कुमाल भाषा साहित्यकाे समृद्धिका लागि संस्थागत रुपमै लाग्न एक कार्यक्रमका वक्ताहरुले जाेड दिएका छन् ।
कुमाल साहित्य प्रतिष्ठान, नेपालद्वारा अायाेजित “डाँडामाथिकाे घाम र बहुभाषिक रचना वाचन” कार्यक्रममा विशेष वक्ताका रुपमा बाेल्दै साहित्यकार छविलाल काेपिलाले “भाषाजस्ताे संवेदनशील विषयमा एउटा व्यक्ति मात्रै लागेर संरक्षण र समृद्ध हुन सक्दैन । यसका लागि संस्थागत रुपमै लाग्नुपर्छ” भन्नुभयो ।
कार्यक्रममा छविलाल काेपिला, खगेश्वर भण्डारी, दीपक समीर, प्रनव अाकाश, प्रतिमा कुमाल, मिन राना, सुन्दर वासी, एजिनिक मगर, उमेश कुमाल लगायतकाले रचना तथा अाफ्नाे विचार प्रस्तुत गर्नु भएको थियोे ।
कार्यक्रममा विभिन्न भाषाका रचना प्रस्तुत गरिएका थिए ।
कार्यक्रम साहित्यकार रामलाल कुमालकाे अध्यक्षतामा भएको थियोे भने सहजीकरण गुरुप्रसाद कुमाल बुलबुलले गर्नुभएको थियोे ।