विद्यार्थी र अभिभावकलाई एइइपछि विषय छनाैट गर्दा ध्यान दिन अाग्रह

बुटवल । ३ साउन
कुमाल साहित्य प्रतिष्ठान, नेपालकाे अायाेजनामा भर्चुअल माध्यमबाट शनिबार एक कार्यक्रम सम्पन्न भएको छ । “एसइइपछि” विषयक कार्यक्रममा विभिन्न वक्ताहरुले नेपाली, सामाजिक, गणित विषयहरु महत्त्वपूर्ण भएपनि हातमा सीप हुने विषय छनाैट गर्न सुझाएका छन् ।
एसइइ दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गरेर अायाेजना गरिएको कार्यक्रममा भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँमा कार्यरत पशु विकास अधिकृत डा.शर्मिला कुमालले ग्रेडका अाधारमा प्राविधिक शिक्षा छनाैट गरेर पढे भविष्यमा बेरोजगार भएर बस्न नपर्ने बताउनु भयो ।
विश्व शान्ति मावि (स्मार्ट स्कुल) रुपा – ५ देउराली, कास्कीमा कार्यरत शिक्षक राजु कुमालले यस वर्ष काेराेनाका कारण विद्यार्थीले परीक्षा दिन नपाएकाले विद्यालयले अान्तरिक मुल्यांकनबाट ग्रेड निर्धारण गरेको र यसक्रममा अभिभावक तथा विद्यालयकाे दबाबमा सहि मुल्यांकन नभएको बताउदै यस वर्ष अभिभावक र विद्यार्थी स्वंयमले पनि विषय छनाैट गर्दा ध्यान पुर्याउनु पर्ने बताउनु भयो ।
जुनसुकै विषय छनाैट गरेर पढेपनि एकदमै मेहनतका साथ पढे सफलता हासिल हुने र नेपाली, सामाजिक विषय पढेका विद्यार्थीकाे पनि राम्रो माग रहेको वक्ताहरुले बताएका छन् ।
लगनशीलताका साथ लाग्ने हाे भने पत्रकारितामा पनि राम्रो गर्न सकिने बुद्ध दर्शन टेलिभिजन, कावासाेती नवलपरासीमा कार्यरत पत्रकार यामु कुमालले बताउनु भयो ।
साहित्यकार तथा कालिका नगरपालिका चितवनका कार्यपालिका सदस्य – रामलाल कुमाल, साहित्यकार मिनबहादुर राना, राजेश कुमाल, प्रतिमा कुमाल लगायतकाले अाफ्नाे विचार राख्नु भएको थियो ।
कार्यक्रमकाे संयाेजक गुरुप्रसाद कुमाल बुलबुलकाे अध्यक्षता भएको कार्यक्रमकाे सहजीकरण उमेश कुमालले गर्नुभएको थियाे ।
अाइतबार “डाँडामाथिकाे घाम र बहुभाषिक रचना वाचन” कार्यक्रम हुने बताइएको छ ।