भर्चुअल माध्यमबाट संवाद र बहुभाषिक रचना वाचन हुने

बुटवल । २ साउन
कुमाल साहित्य प्रतिष्ठान, नेपालको अायाेजनामा भर्चुअल माध्यमबाट संवाद तथा बहुभाषिक रचना वाचन कार्यक्रम हुने भएको छ । शनिबार एसइइपछि विषय छनाैट विषयक संवाद कार्यक्रम र अाइतबार बहुभाषिक रचना वाचन कार्यक्रम अायाेजना हुने भएको छ ।
एसइइ दिएर बसेका भाईबहिनीहरुलाई कुन बिषय लिएर पढ्ने भन्ने अन्योल हुनसक्छ र नेपाली बिषय भनेको कमजोर विद्यार्थीले मात्रै पढ्ने विषय हो भन्ने भ्रमलाई चिर्न “एसइइपछि विषय छनाैट” विषयक कार्यक्रम अायाेजना गरिएको बताइएको छ ।
कार्यक्रममा भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँमा कार्यरत पशु विकास अधिकृत – डा.शर्मिला कुमाल, साहित्यकार तथा कालिका नगरपालिका चितवनका कार्यपालिका सदस्य – रामलाल कुमाल, बुल्म सेरामिक्स उद्योग गुल्मीका व्यवस्थापक तथा प्रशिक्षक पदम मुखिया कुमाल, विश्व शान्ति मावि (स्मार्ट स्कुल) रुपा – ५ देउराली, कास्कीमा कार्यरत शिक्षक राजु कुमाल, सुर्खेतका गायक दिलराज कुमाल र बुद्ध दर्शन टेलिभिजन, कावासाेती नवलपरासीमा कार्यरत पत्रकार यामु कुमालसँग अन्तरसंवाद गरिने अायाेजकले जानकारी दिएको छ ।
कार्यक्रम शनिबार दिउँसो १ बजेदेखि गुगल मिट अप्लिकेसन मार्फत सञ्चालन हुने कार्यक्रमकाे सहजीकरण उमेश कुमालले गर्ने बताइएको छ ।
बहुभाषिक रचना वाचन कार्यक्रम अाइतबार दिउँसो १ बजेदेखि सञ्चालन हुने कार्यक्रममा विविध भाषामा रचना वाचन गरिने कार्यक्रम संयाेजक गुरुप्रसाद बुलबुलले जानकारी दिएका छन् ।