मन्साराम कुमालका केही हाइकुहरु

मन्साराम कुमाल

१.
वन जंगल
चोरी तस्करीबाट
भो मरुभूमि ।

२.
असारे खेत
किसानको रजाई
अन्न भण्डार ।

३.
भारी वर्षा भाे
होसियार रहनु
पहिरो जाला ।

४.
भाङ धतुरो
तान्दै छ मन्दिरमा
शिवको भक्त ।

५.
तिम्रो मायाले
झलमल्ल नै बल्यो
बत्ती निभ्छ कि !

६.
त्यो पानीभित्र
जलारीको आहार
माछाको काल ।

७.
मजदुर पीडा
पसिनाको कमाई
माटोमै मिल्छ ।

८.
वनको स्याल
परको कायर त
घरको बाघ ।

  • दाङ देउखुरी