प्रदीप राहादी ‘दृष्टिकोण’काे गजल

प्रदीप राहादी ‘दृष्टिकोण’

अामा, लकडाउन पनि असुरक्षित भएपछि ।
व्यस्त व्यस्त सहर अचेल त्रसित भएपछि ।

सुनसान सहरमा कत्ति एक्लो महसुस छैन
हमेसा मेरो साथमा गीत र संगीत भएपछि ।

फस्टाउन लागेको हाे कालो बजार त्यतिबेला
जब बिक्रय मूल्य पनि अंकित भएपछि ।

बन्द काेठामा गुन्जिन्छ इटलिका ब्रेकिङ न्युजहरु
पैसा पनि काम लाग्दैन रे राेग भयभित भएपछि ।

ठूलाे लुम्पेक, गुल्मी