प्रतिमा कुमालका ६ वटा मुक्तकहरु

प्रतिमा कुमाल

१.
निराकार भए पनि अाकार जस्तो ।
किनमेल हुने सिङ्गै बजार जस्तो ।
सत्य बोल्ने मान्छे न झुक्छ न मेटिन्छ
देखिन्छ एक्लै तर हुन्छ हजार जस्तो ।

२.
कोरोनाको कहर छ थाछ ।
धैर्य गर्नुपर्ने प्रहर छ थाछ ।
यो मुस्किलको घडीमा पनि
तिम्लाई भेट्ने रहर छ थाछ ।

३.
सुनाएर केही गयौ तिमी मलाई ।
बिझाउने खिल भयौ तिमी मलाई ।
एक्लै अाएको थियौ, गयौ पनि एक्लै
फेरि लाग्दैछ किन सयौं तिमी मलाई ।

४.
मेरो घरमा झिलिमिली बत्ति देखेर रिस मान्छन् ।
र मसँग भएको धन सम्पत्ति देखेर रिस मान्छन् ।
बचपनमा ठुलो मान्छे भएस् भनेर आशिष दिनेहरु
आज भोलि मेरो प्रगति देखेर रिस मान्छन् ।

५.
अघि बढ खुट्टा कमाउन तिम्ले मिल्दै मिल्दैन ।
देशद्रोहीको हात समाउन तिम्ले मिल्दै मिल्दैन ।
न्यायका लागि सडकभरि जनसागर उर्लियाे
वास्तविक दोषी लुकाउन तिम्ले मिल्दै मिल्दैन ।

६.
अति भो सरकार अब त अति भो ।
नहुनेको विरत्ति अनि हुनेको खति भो ।
कतिपयको घरमा बेसार पनि नहोला
अब बुझ सरकार लिनुपर्ने कुन गति भाे ।

रत्ननगर नगरपालिका ९ टिकौली, चितवन