महेश चौधरीकाे गजल – खै के लेख्याै

महेश चौधरी

खै के लेख्यौ, भाग्यमा दैव बज्रपात् परेछ ।
फुल्नलाई, भर्खर निस्केको कोपिला झरेछ ।

केगरुँ म, कहाँ  पो जाउँ हुंदैछ  अल्मल
यस्तो किन गर्यौ  मसँग, बिश्वासै  मरेछ ।

नहुनेको भरोसा  गर्दा, अनर्थै  भयो  नि
गरी घात  आएर आज, सबैथोक  हरेछ ।

रहर थियो मलाई पनि, आकाश छुनलाई
क्षणभरमै बिलायो आशा, कस्ले के गरेछ ।

संघर्षको अँह मलाई डर  छैन  कदापि
सफलताले छोडेर  साथ, बसाई  सरेछ  ।

ठेगाना: दाङ देउखुरी
हाल:   साउदी अरब