मेरो सुस्ता सिमानामा तेरो अधीन छ

अभि क्षेत्री ‘समर्पण’

मेरो सुस्ता सिमानामा तेरो अधीन छ ।
हामीसंग नक्सा छ तँ संग जमिन छ ।

थिचोमिचो सहला नसोच् ए छिमेकी,
परिआए ज्यानै पनि बाजि राखिन्छ ।

आफ्नै काखमा पराइको रजाइँ देखेर,
आज मेरि आमाको मुहार मलिन छ ।

जोगाए थ्यो गोर्खेले तेरो स्वाभिमान,
एउटा साक्षी अंग्रेज़ छ अर्को चीन छ ।

चाहिन्न भो तेरो दया एक रत्ति पनि,
टुक्रा टुक्रा मेरो भुमी मलाई चाहिन्छ ।

हामी संग तेरो सेना तुलना के गर्छस्,
सबै जनता सेना हौं तँलाइ एकिन छ ?

तुलसीपुर दाङ