हाइकुमा ‘गुल्मी’ : हृदय लेकालीका १० हाइकु

हृदय लेकाली

१.
सम्झना बन्छ
सधैं यो हृदयमा
चोएगा गुल्मी ।

२.
मायाको थुङ्गा
बनी बस्यो मुटुमा
गुल्मी रेसुङ्गा ।

३.
स्वर्गको टुक्रा
दर्बार देवीस्थान
धन्य छ गुल्मी ।

४.
सुसेल्छ वह
सधैं सबै गुल्मीको
यो ईस्मा दह ।

५.
मान्दैन् पराई
गुल्मेली आँगनमा
पौँधी अम्राई ।

६.
आफू बगेनी
अरुलाई सम्हाल्छ
गुल्मी बढीयार् ।

७.
क्यै नमारी आश्
पौरख गरी बाँच्छ
गुल्मी तम्घास ।

८.
गुल्मेली ठाम
गुँड खुदाे घरैघर्
थोर्गा दिगाम ।

९.
आँखामा गुराँस्
मुटुमा मधुमास
गुल्मीको मिठास् ।

१०.
कालीले चुम्छे
गुल्मेली सङ्लाे मन
रुरु भएर ।

भैरहवा, रुपन्देही